हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको नसर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा…