गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर कात्तिक १५ गते शनिबार भव्य धार्मिक मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कात्तिक महिनामा मनाइने हरिबोधनी (ठुलो) एकादशीका दिन रेसुङ्गा धाममा विशाल एकादशी मेला लाग्ने गर्दछ । यहाँ देशका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु भक्तजन स्नान, पूजा–पाठ, दर्शन तथा भजन–कीर्तनमा सहभागी…