नेपालगन्ज । मनसुन सुरु भएसँगै राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन नरैनापुरका चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरिएको छ । नरैनापुर गाउँपालिकाका विपद शाखा प्रमुख एवम् सहायक प्रशासकीय अधिकृत भरत महतोले नरैनापुर वडा नं ५ को मटेहिया, वडा नं ६ को भगवानपुर, सोनवर्षा र गङ्गापुरमा साइरन जडान भएको बताउनुभयो। स्वचालित उक्त…