नवलपरासी ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उहाँले बताउनुभयो । डाइभर्सन गरिएको ठाउँ बाढीले बगाएपछि साना तथा यात्रुवाहक…