भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि थप पहल गर्ने बताउनुभएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विमानस्थलका अधिकारी, पर्यटन व्यवसायी र सरोकारवालासँगको छलफलमा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि सरकारले ल्याएको कार्ययोजना अगाडि बढाउन प्रधानमन्त्रीसँग बसेर निर्णायक छलफल गर्ने जानकारी दिनुभएको हो । भैरहवाको गौतम बुद्ध…