१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ५८ वर्षीय पुरुष पक्राउ

अर्घाखाँची । घरमा मेवा खान बोलाएर ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भूमिकास्थान नगरपालिका–७ का ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । बिहीबार दिउँसो नयाँ वर्षका दिन घरमा कोही नभएको मौका छोपेर बालिकालाई मेवा खान बोलाउँदै फाकाएर जबरजस्ती बलात्कार गरेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।