२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

गुल्मीमा माओवादी केन्द्रले यी पालिका लिँदैछ



गुल्मी ।
सत्तारुढ पाँच दलीय गठबन्धनले गुल्मीका अधिकांश स्थानीय तहका अध्यक्ष तथा प्रमुखका उम्मेदवार टुंग्याएको छ ।

धुर्कोट गाउँपालिकामा कांग्रेस माओवादी दुवै दलको दाबी रहेको कारण उम्मेदवार टुंग्याउन ढिलाइ भएकोमा अन्ततः माओवादी कांग्रेसलाई छाड्न सहमत भएको छ ।

यो सँगै माओवादीले अन्य चार स्थानीय तहमा आफ्ना उम्मेदवार अघि सार्दैछ । मालिका गाउँपालिकामा देवीराम अर्याल र रुरु गाउँपालिकाको अध्यक्षमा यदु ज्ञवालीको नाम माओवादीले टुंग्याएको हो ।

त्यस्तै चन्द्रकोट गाउँपालिकामा पनि माओवादीले आफ्नो उम्मेदवार अघि सार्दैछ । धुर्कोट छाडेको माओवादीले मदाने पालिकाको नेतृत्वका लागि भाग पाएको छ । मदानेमा माओवादीको तर्फबाट बुद्धी जिसी र बेगम चन्दको दाबी छ ।

अहिले माओवादीको भागमा परेका चार पालिकामा अघिल्लोपटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  २ : २५ बजे