पाल्पा । पाल्पाको तानसेन नगरपालिका–५, ढुंगाखानीमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा २० वर्षीय भरत गोदारको मृत्यु भएको छ । पाल्पा–गुल्मी सडक अन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेका रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान घर भएका गोदारको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा घाइते उनलाई उपचारका लागि मिसन अस्पताल लगिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकल र…