२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

अर्घाखाँचीमा गठबन्धन बीच खटपट, नेकपा एसले उठायो सबै पालिकामा उम्मेद्वार



अर्घाखाँची ।
नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्लाका सबै पालिकाहरुमा उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी अर्घाखाँचीले बिहीबार जिल्ला सचिवालयको बैठक बसेर आसन्न्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सबै पालिकामा उम्मेद्वार टुङ्ग्याएर प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

जसअनुसार सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा सिद्धि प्रसाद भुसाल, बिष्णु हरि भुसाल, उप-प्रमुखमा सुमित्रा मुखिया, सितगङ्गा नगरपालिकाबाट प्रमुखमा पिताम्बर सारु, नारायण शर्मा, उप-प्रमुखमा लक्ष्मी केसी, भूमिकास्थान नगरपालिकाबाट प्रमुखमा सान्ता चुदाली, बामदेव गैरे, झबिलाल भट्टराई र उप-प्रमुखमा हृदय कुमार भुसाल, सुनिता बेल्बासे, पुस्पा भाट, मालारानी गाउँपालिकाबाट अध्यक्षमा राम बहादुर चौहान, पिताम्बर भुसाल, अनिरुद्र सुवेदी र उपाध्यक्षमा भगवता केसीको नाम सिफरिस भएको छ ।

पाणिनी गाउँपालिकाबाट अध्यक्षमा युवराज पौडेल, डेम नेपाली उपाध्यक्षमा, निर्मला पोख्रेल र छत्रदेब गाउँपालिकाबाट अध्यक्षमा सुनिल भुसाल सिफारिस गरिएको छ भने उपाध्यक्षको टुंगो अझै लाग्न सकेको छैन् ।

जिल्लामा पाँच दलीय गठबन्धनको सहकार्य टुट्नै लागेको चर्चा चलिरहेका बेला समाजवादीले उम्मेद्वारको नाम प्रदेशमा सिफारिस गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समाजवादीका जिल्ला कमिटी उपसचिव नारायण शर्माका अनुसार अब तत्काल वडाका उम्मेदवारहरु पनि सार्बजनिक गर्ने तयारी छ ।

सचिवालय बैठकले चुनावी रणनीति तय गरेको शर्माले जनाए । उनले सबै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गरेका छन ।

अर्घाखाँचीमा पाँच दलीय गठबन्धनको सहमती जुट्न नसक्दा यतिबेला सत्ता गठबन्धनमा रहेका दलहरु आ–आफना पार्टीका उम्मेदवारहरु चयन गरिरहेका छन् । जिल्लामा एमालेले भने सबै पालिकामा समेत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारप्रसार थालिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ८ : २८ बजे