घोराही ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँ योजनाभन्दा अधुरा योजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको आगामी आव २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म नयाँ योजना बनाउने पक्षमा सरकार नरहेको बताउनुभएको…