१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



भैरहवा । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सोमबार बिहान बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल मणिग्राममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका– १४ तीनधुराको भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भुसालको उपचारका लागि क्रिमशन अस्पताल पुर्‍याइउने वित्तिकै उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२ सोमबार ००:००  ८ : १२ बजे