वालिङ । आइतबार बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ…