बुटवल ।लुम्बिनी प्रदेशको बजेट अधिवेशन (आठौँ अधिवेशन) बुधबार (आज) बाट सुरु हुँदै छ । राष्ट्रिय सभाको लुम्बिनी क्षेत्रअन्तर्गतको उपनिर्वाचनको सोमबारको परिणाममा एमाले अल्पमतमा परेको स्पष्ट भएको भन्दै विपक्षी गठबन्धन बैठकको पहिलो दिन नै मुख्यमन्त्रीको राजीनामा माग्ने तयारीमा छन् । पहिलो दिन दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने क्रममा राजीनामाको विषय जोडतोडले उठाइने विपक्षी गठबन्धनका नेताहरू बताउँछन्…