काठमाडौं ।लुम्बिनी प्रदेशमा जेठ १७ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि दाङको घोराही तोकिएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो । दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको हो । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि (क) र गाउँपालिकाका…