४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विपत्ति बाजा बजाएर आउँदैन भन्थे, कोठिया-मैदानमा बाजै बजाएर आयो !

दीपक अनुरागी, (कोठिया–मैदान), अर्घाखाँची । थपक्क बसेर खाने बेलाका रुक बहादुर नेपालीका आँखा अहिले ‘लिछिप्प’ भिजेका छन् । ना–नातिनासंग घरमै बसेर रमाउने बेलामा पुग्नुभएका नेपाली खुल्ला आकाशमुनि समथल जमीन कहाँ छ भन्दै खोज्न भौतारिनुभएको छ । उहाँ तीन छोरा र दुई छोरीका बुवा भैसक्नुभएको छ । ७० बर्षीय नेपालीका छोरा, छोरी लाखा–पाखा लागिसकेका छन् ।…