दाङ ।एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गरेको आरोपमा दाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ४ श्रीबारी बस्ने १८ वर्षीय ईन्द्र गिरीलाई रिचार्ज कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।डिएसपी रिजालका अनुसार माघ १ गते राति बंगलाचुली ३ कमिरेचौर कमलाल पौडेलले सञ्चालन गरेको…