५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

रिडी- तम्घास सडकखण्ड  एक महिना बन्द हुने



तम्घास ।
मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडकखण्डको ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कामका लागि यही चैत २३ देखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले जानकारी दिनुभयो ।

यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ । उक्त सडकको विकल्पमा पानी ट्याङ्की थोर्गा, स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, पिपलनेटा, दिगाम हुँदै रिडी, लुम्छा, धरमपानी, दिगाम हुँदै रिडी र घुम्ती, चारपाला, खज्र्याङ हुँदै रिडी सडकखण्ड प्रयोग गर्नका लागि कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१ शुक्रबार ००:००  ९ : २६ बजे