नेपालगन्ज । केही दिनयता कोहलपुरमा कोरोना संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका पूर्ण रुपमा लकडाउन गरिएको छ । कोहलपुर नगरपालिकामा आइतबारदेखि भदौ ५ गतेसम्म लकडाउन गरिएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले बताए । शनिबार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउनको निर्णय गरेको हो । नगरपालिकास्थित सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार,…