कपिलवस्तु । अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडकखण्ड स्तरोन्नति गर्न बुधबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सन्धिखर्कको फुदवाङदेखि नरपानीसम्म १३ किलोमिटर सडक बिहान ८ देखि १२ बजे र दिउँसो २ देखि ६ बजेसम्म बन्द हुने भएको हो । ‘दिनमा दुईपटक चार–चार घण्टाका दरले आठ घण्टा उक्त सडकखण्ड बन्द गरेर काम गर्ने निर्णय भएको…