१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, बढ्यो कोरोनाको त्रास

नेपालगञ्ज । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चुनौती बढेको हो । मानवबस्तीको मध्य भागमा रहेका कारागारका कारण बस्ती क्षेत्रका नागरिकमा पनि कोरोनो सङ्क्रमणको जोखिम…