काठमाडौं । गुल्मीको मदाने गाउँपालिका फुर्कोटका शिक्षकको पुनः कोरोना परीक्षण हुने भएको छ। वैशाख अन्तिम सातादेखि ज्वरो, रुघाखोकी तथा जन्डिस देखिएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय उनलाइ सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। १०–१५ दिन अघिदेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि…