सल्यान । सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएको छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । शारदा नगरपालिका–८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको…