२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बिरामीको मृत्युपछि आफन्तद्वारा युनिभर्सल मेडिकल कलेजका चिकित्सकमाथि हातपात

बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्।दाँत दुखेर उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ।मृतकका आफन्तले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात गरेको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए।‘बिरामीको आफन्त हुँ भन्ने २५-२६ जनाको समूहले एकाएक अस्पतालका चिकित्सक, कर्मचारी, सुरक्षागार्ड लगायतलाई कुटपिट…