पाल्पा । म्यानपावर र कम्पनीको लापर्वाहीले मलेसिया पुगेको २ महिना नपुग्दै पाल्पा निस्दी गाउँपालिका–६, अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । गम्भीर बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेका कारण यमबहादुरको मंगलबार मृत्यु भएको मलेसियामा रहेका छिमेकीले जनाएका छन् । काठमाण्डौको रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेसमा पुगेका यमबहादुर मलेसिया पुगेदेखि नै बिरामी भएरको र गम्भीर बिरामी…