मायादेवी अनलाइन, वाणगंगा । स्वर्गिय माताको सम्झनामा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका नेता ऋखीराम शर्माले १ लाख २७ हजार रुपैयाँ बराबरको अक्षय कोषको घोषणा गर्नुभएको छ । गत असोज २४ गते दिवंगत हुनुभएकी माता गोमा पोख्रेलको स्मृतिमा सम्पन्न १२ औँ दिनको पुण्य तिथीमा आयोजित शोकसभामा उहाँले अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो । नेपाली संस्कार अनुसार आफ्ना मातापिताको…