नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगली सिंहपुरवाका ३७ वर्षीय लाल मोहम्मद दर्जीको चट्टयाङमा परेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो साँढे २ बजेतिर पानीसँगै परेको चट्टयाङमा परी गम्भीर घाइते भएका दर्जीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिप्रकाका मुद्दा शाखा इन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लले चट्टयाङसँगै…