दाङ । दाङमा प्रहरीको गाडीबाट हाम फालेर एकजना थुनुवा फरार भएका छन् । तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवाका १९ वर्षीय विष्णु बुढाथोकी सार्वजनिक नैतिकता विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर ल्याउँदै गर्दा प्रहरीकै गाडीबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरीले प्रहरी…