बुटवल ।लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएकाले मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो । कात्तिक १८ गतेदेखि मुख्यमन्त्री फर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताए । मुख्यमन्त्री चौधरी…