११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

गोरुसिङ्गे–सन्धिखर्क सडकका होर्डिङ बोर्ड हटाउन ७ दिने सूचना



अर्घाखाँची ।
अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ ।

सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो ।

दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०८० मंगलबार ००:००  ८ : २७ बजे