१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा खाना पकाउँदा आगो लागेर महिला गम्भीर घाइते



दाङ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा एक महिला आगो लागेर गम्भीर घाइते हुनुभएको छ । खाना पक्राउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँदा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

आगोले छाती र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइते जैसीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०८० शनिबार ००:००  ८ : ५९ बजे