बुटवल । लुम्बिनी प्रदेशमा कोरोना विशेष अस्पतालबाहेकका सरकारी अस्पतालबाट समेत कोरोना उपचार गरिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा शुक्रबार बुटवलमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्य सेवा प्रभावित नहुने गरी प्रदेशका सबै जिल्ला अस्पतालमा ५ बेडबाट कोरोना उपचार सुरु गर्ने निर्णय लिएको हो । लुम्बिनीमा १२ जिल्ला अस्पताल छन् । उक्त सेवा…