काठमाडौँ । देशभरको मौसम बदली भइ धेरै स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपाल तिर सरेकाले देशभर बदली तथा वर्षा भएको हो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन्…