काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका…