काठमाडौं ।प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले फूटको संघारमा पुगेको छ । एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि फूटको दिशामा गएको हो । २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएर माले गठन भएको थियो । सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका…