२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

लुम्बिनी एमालेले भन्योः सांसद ‌ओलीलाई बन्धक बनाइयो भन्नु झूटो आरोप

बुटवल ।लुम्बिनी प्रदेशसभा सदस्य विमला ओलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको भन्ने आरोप एमालेले अस्वीकार गरेको छ । छ दिनसम्म सम्पर्कविहीन रहेको भनिएको प्रदेशसभा सदस्य ओलीले बिहीबार दिउँसो माओवादी केन्द्रको संसदीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री निवासमा बन्धकजस्तै बनाएर एमालेमा फर्किन दबाब दिएको बताएकी थिइन् । त्यसलगत्तै पार्टीको संसदीय दलमा पत्रकार…