काठमाडौं । उमेरसँगै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्दै जाने अध्ययनले देखाएको छ । ल्यान्सेट इन्फेक्सिअस डिजिजेजमा प्रकाशित अध्ययन प्रतिवेदनले बालबालिका वा वयस्कभन्दा पाको उमेरका वा अधवैँशेमा कोरोना भाइरसको जोखिम बढी देखिएको हो । चीनमा भएको विस्तृत अध्ययन अनुसार कुल सङ्क्रमितमध्ये औसत मृत्युदर १ दशमलव ३८ प्रतिशत मात्रै छ । तर उमेरसँगै मृत्युदर धेरै…