काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए । त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन…