२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

३० घण्टा पछि अवरुद्ध सडक एकतर्फी खुल्यो

नवलपरासी । अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन आइतबार साँझ आएको बाढीले बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो । डाइभर्सनको मर्मत गरेर झण्डै ३० घण्टापछि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।…