मायादेवी अनलाइन, तौलिहवा । विषालु सर्पको डसाईबाट कपिलवस्तु नगरपालिका २, जमुवारटोलका ६० वर्षीय दयालु ठाकुरको मृत्यु भएको छ । शुक्रबार राती घरमै सुतिरहेका ठाकुरलाई विषालु सर्पले डस्दा उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सर्पले डसेपछि तत्काल परिवारलाई खबर नहुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पछिल्लो समय कपिलवस्तुमा विषालु सर्पको विगविगी छ…