२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुत्केरीको मृत्यु भएपछि चिकित्सकलाई कारबाहीको माग गर्दै नाराबाजी

पोखरा । पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बिहीबार सुत्केरी भएकी कास्की अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुककी निशाकुमारी थापाको अस्पतालमै मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन्। सुत्केरी पश्चात्त अत्यधिक रक्तश्राव भइरहँदा चिकित्सकले समयमै उपचार नगरेका कारण निशाको मृत्यु भएको भन्दै उनका आफन्तले उपचारमा संलग्न डाक्टर र नर्सलाई कारबाहीको माग गरेका छन्। मृत्युको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने भन्दै उचित क्षतिपूर्तिको…