रुपन्देही । रुपन्देहीमा सेवाग्राहीसंग घुसखाने इन्सपेक्टर अख्तियारको फन्दामा परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक (इन्सपेक्टर) केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको…