२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

टिचिङमा आफन्तको रुवाबासी

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ । पोस्टमार्टमका लागि शव अस्पताल लगिएको हो । ताप्लेजुङबाट त्रिभुवन विमानस्थलमा ल्याइएका शव सोझै त्रिवि शिक्षण अस्पताल लैजाने भनिएपछि मृतकका आफन्त अस्पताल नै पुगेका थिए । अस्पताल परिसरमा मृतकको शव पुर्‍याएपछि त्यहाँ आफन्तको रुवाबासी शुरु भएको छ…