सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ११, थुन्हियामा नगरप्रमुख नेत्रराज अधिकारीकै नेतृत्वमा सडक अतिक्रमण हटाइएको छ । योजना अनुगमनका क्रममा त्यहाँ पुगेको नगरप्रमुख अधिकारी सहितको टोलीको उपस्थितिमा अतिक्रमण हटाई सडक विस्तार गरिएको हो । बर्षौंदेखि बाटो छेउ कर्नर अतिक्रमण गरि टहरा, बार लगाइएको भएपनि सडक विस्तारका क्रममा अतिक्रमण हटाइएको नगरप्रमुख अधिकारीले बताए । यसअघि…