काठमाण्डौ । राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ । लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो भएकोबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी…