२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो । केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले चुनावमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिका, अबको कार्ययोजनालगायतका विषयमा निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।…