४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन



काठमाण्डौ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गर्नुभएको छ ।

राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले हिजो राहदानी विभागको अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ८ : २२ बजे