४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राप्रपा लुम्बिनी प्रदेश दलको नेतामा आशिष चौधरी



बुटवल ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए । त्यस्तै सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् ।

लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४ सांसद रहेका छन् । लुम्बिनीमा प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले दलको नेता चयन गर्न बाँकी छ । ८७ सदस्यीय प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभाको अधिवेशन यहीँ पुस १८ गतदेखि दाङको भालुवाङमा शुरू हुँदैछ ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  २ : ०६ बजे