काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएको अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा…