१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गगनले गराए उम्मेदवारी दर्ता



काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

उनको उम्मेदवारीमा प्रस्तावक डा शेखर कोइराला रहेका छन् ।

समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  ३ : १४ बजे