बुटवल। लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्यूरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट उम्मेदवारी दिएका छन्…