१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

चुनावमा तालमेल गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डौ । सत्ता गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको र तल्लो तहबाट आएका सुझावका आधारमा उम्मेदवार चयन गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।…